काठमाडौं, असोज १८ । आइएमई ग्रुप अन्तर्गतसंचालित आइएमई डिजिटल सोलुसनले प्रवर्द्धन गरेको ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीको संख्या १० लाखभन्दा बढी पुगेको छ। ‘आइएमई पे’ बाट ३० लाखभन्दा बढी सेवाग्राही लाभान्वित हुँदै आएको कम्पनीको दाबी छ।
डाउनलोड १० लाख पुगेको अवसरमा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई ‘लक्की ड्र’ मार्फत् उपहार प्रदान गर्ने जनाइएको छ। यो योजना आजैबाट सुरु भइ अक्टोबर १५ सम्म कायम हुनेछ।
विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ। कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए।
पछिल्लो समयमा फैलिएको कोरोना भाइरस ९कोभिड– १९० का कारण सामाजिक दूरी कायम गर्नुपर्नेजस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिटेन्सलगायतका थुप्रै सेवा सेवाग्राहीको पहुँचमा पुर्याउन र एपमार्फत् सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्नका लागि ‘आइएमई पे’ ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ।


























