असोज १७ । युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार दुई खेल हुने भएका छन्। पहिलो खेल नेपाली समय अनुसार अपराह्न पौने ४ बजे अवुधावीमा हुनेछ। जसमा रोयल च्यालेन्जर्स वेंग्लोर र राजस्थान रोयल भिड्ने छन्। वेंग्लोरको कप्तानी विराट कोहलीले गरेका छन् भने राजस्थानको कप्तानी स्टेभन स्मिथले गरेका छन्।
यस्तै दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकात्ता नाइट राइडर्स प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सारजँहामा हुनेछ। दिल्ली श्रेयस एय्यरको कप्तानीमा छ भने कोलकत्ताको कप्तानी दिनेश कार्तिकले गरेका छन्। एजेन्सी
Facebook Comments


























