काठमाडौं, असोज १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई २४ घण्टा नबित्दै अस्पताल भर्ना गरिएको छ। हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत ट्रम्पलाई आज बिहानबाट ज्वरो पनि आएको चिकित्सकहरूले जनाएका छन्।
Facebook Comments


























