असोज १५ । एभर्टनले कारबाओ कपको चौथो चरणको खेलमा वेस्ट ह्याम युनाइटेडलाई हराएको छ। डोमिनिक कल्भर्ट लेविनको ह्याट्रिकको सहयोगमा एभर्टनले वेस्ट ह्याममाथि ४–१ को जित आत्मसाथ गरेको हो। जितसंगै एभर्टनले क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेको छ।
माइकल केनको पासमा लेविनले घरेलु टोली एभर्टनलाई ११ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। इङ्ल्याण्डका फरवार्डले खेलको अन्तिम समयमा ६ मिनेटको अन्तरमा दुई गोल गरेका थिए। त्यसअघि जेम्स रोड्रिग्वेजको पासलाई सदुपयोग गर्दै रिचर्डलिसनले एभर्टनको अग्रतालाई दोब्बर बनाएका थिए।
वेस्ट ह्यामका लागि फिलिप एन्डरसनले एक गोल फर्काएका थिए। लिविनले यस सिजन एभर्टनका लागि दोस्रो ह्याट्रिक पुरा गरेका छन्। क्लबले लगातार ६ खेलमा जित आत्मसाथ गरेको छ। शनिबार हुने खेलमा ब्राइटनबिरुद्ध जित निकालेको खण्डमा सन् १८९४ पछि एभर्टनले सिजनको सफल सुरुवात गर्नेछ। एजेन्सी


























