रौतहट, असोज १२ । रौतहटको कटहरिया नगरपालिका– ९ डुमरियामा एक युवकको खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कटहरिया नगरपालिका– ९ मुसर टोल वस्ने भरत माझीका २८ वर्षीया छोरा किशोर माझीको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय कटहरियाका सई लतिफ अन्सारीका अनुसार आइतबार साँझ प्रहरी टोलि र स्थानीयको सहयोगमा खोजतलास गर्दा झांजखोलामा डुबेर मृत अवस्थामा खोलाको किनारमा निजको शव फेला परेको हो। शवलाई पोष्टमार्टमको लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Facebook Comments


























