असोज १२ । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो एफ १७ प्रो नेपालमा सार्वजनिक गरेको छ। अल्ट्रा स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि सुसज्जित ओपो एफ १७ प्रोले प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति दिन्छ।
‘एफ सिरिजको डिजाइन गरिँदा ट्रेण्डसेटिङ पुस्तालाई ध्यानमा राखि तिनका जीवन र स्टाइलको ब्यक्तिगत परिभाषा झल्काउन सघाव मिलोस् भन्ने तिर विशेष ध्यान दिएर स्लिक बडी उपलब्ध गराइएको हो’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘ नेपाली उपभोक्ता माथि गरिएको अन्वेषणमा आधारित एफ १७ प्रोको डिजाइन मार्फत फोनमा उत्कृष्ट पोट्रेट फोटोका लागि एआई क्यामेराका साथमा भोक फ्ल्याश चार्जको अत्याधुनिक समिकरणपनि उपलब्ध गरिएको छ।’
उनले भने एफ १७ प्रोले ट्रेन्डसेटिङ तथा महत्वाकांक्षी प्रयोगकर्ताका आकार तथा स्टाइलका लागि रहेका सबै अपेक्षाहरु पूरा हुने हाम्रो विश्वास छ।


























