काठमाडौं, असोज १२ । एसिड आक्रमणबाट पीडित बन्न पुगेका तीन युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन्। बैंकले एसिडपीडित दुई युवतीलाई काठमाडौं उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था गरेको जनाएको छ। हेटौँडाकी विन्दवासिनी कंसाकार,काठमाडौं बस्दै आएका जेनी खड्का र संगीता मगरले मार्केटिङ अफिसरका रुपमा रोजगारी पाएका हुन्।
उता मन्त्रिपरिषद्को बैठकले गत बिहीबार एसिड आक्रमणका घटनामा संलग्नहरुलाई अधिकतम २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा पीडितको उपचार खर्च भराउने कानुन पारित गरेको थियो।
Facebook Comments


























