चितवन, असोज १२ । चितवनमा नेपाल प्रहरीका नायव उपरीक्ष (डीएसपी) सहित आठ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबार राति चितवन प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी सूर्यबहादुर थापासहित आठ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार राति आएको रिपोर्टमा कोरोना पोजेटिभ आएसँगै सबै संक्रमित प्रहरी कार्यालयमै आइसोलेसनमा बसेका छन्। कोरोना संक्रमण देखिए पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको चितवन प्रहरीले जनाएको छ। चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ।
Facebook Comments


























