हेटौंडा, असोज १२ । मकवानपुरको हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति शप उद्योगमा आगलागी भएको छ। सोमबार बिहान विद्युुत सर्ट हुँदा उद्योगको काटुन गोदाममा आगलागी भएको हो।
हेटौँडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रण आएको प्रहरीले जनाएको छ। आगोलागीबाट उद्योगको केमिकल तथा अन्य सामग्री गरी ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























