काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार बिहान सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो। उनले शनिबार स्वाव दिएका थिए। उनले आफू अहिले होम आइसोलेसनमा रहेको बताए।
‘मेरो स्वास्थ्य अवस्था सामान्य छ। मसंग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु,’ उनले भने।
Facebook Comments


























