काठमाडौं, असोज ११ । सरकारले फिल्म क्षेत्रको निषेधाज्ञा नखोले पनि फिल्मी गतिविधि भने विस्तारै हुन थालेका छन्। यस्तैमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म फिल्म ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ। अर्पण थापाको निर्देशन रहेको फिल्म टिजरमा फिल्मको केही अंस समेटिएको छ।
फिल्ममा सौगात र सृष्टिका अलावा अर्पण थापा, रविन तामाङ, कालु रानालगायतको मुख्य अभिनय समेटिएको छ। फिल्मले २०३० सालमा घटेको एउटा घटनालाई देखाउन खोजेको निर्माण युनिटले जनाएको छ। हरि तामाङ, सन्तोष अधिकारी र केल्ली जोय मिलेर निर्माण गरेको फिल्म आगामी पुष १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ।
फिल्ममा आलोक शुक्लाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन छ। फिल्मलाई रिच इन्टरटेन्मेन्ट, जि.जि.ए ग्रूप र एफ.डी कम्पनीले वितरण जिम्मा लिएको छ।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







