काठमाडौं, असोज १० । बझाङ घर भई हाल काठमाडौं उपत्यकामा कार्यरत नेपाली सेनाका एक जनाको कोरोना संक्रमणका कारण शुक्रवार मृत्यु भएको छ। उनलाई ६ गते छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गर्दागर्दै मृत्यु भएको सेनाले बताएको छ।
उनको स्वाव परिक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको थियो। यस सँगै नेपाली सेनामा कोभिड-१९ कारणबाट मृत्यु हुनेको संख्या २ (दुई) पुगेको छ। हालसम्म नेपाली सेनामा कुल संक्रमित २,१९७, निको भएको ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको सेनाले बताएको छ।
Facebook Comments


























