दाङ, असोज १० । दाङको तुलसीपुरबाट प्रहरीले ५ किलो लागुऔषध अफिम सहित २ जना पक्राउ गरेको छ। शुक्रवार साँझ करिब ८ बजेतिर तुलसीपुर-६ गुम्राहचोकबाट रोल्पा साबिक गाविस थवाङ-५ का ४६ बर्षीय कर्म कुमार बुढा र उनकी ४६ बर्षीय श्रीमती राज कुमारी रोकालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिप्रका दाङमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेका जिल्ला प्रहरी प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए। पक्राउ परेका उनीहरु माथी लागू औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























