बुटवल, असोज १० । रातभरको भीषण वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगर्त बुटवल तानसेन सडक खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। बुटवल तानसेन सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ।
कार्यालयका अनुसार रातीदेखी नै तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको छ। प्रहरीले पहिरो हटाउन पहल भईरहेको जनाएको छ। सडक अवरुद्ध भएपछि बुटवल पाल्पा,गुल्मी, स्याड्जा जाने र आउने सवारी साधनहरु रोकिएका छन्।
Facebook Comments


























