चितवन, असोज १० । चितवन मेडिकल कलेज थप एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। मकवानपुरको हेटौंडा–९ घर भएका कोरोना संक्रमित ७४ वर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालका निर्देशक डा.दायाराम लम्सालद्वारा शनिबार बिहान जारी विज्ञप्तिमा उल्लेख भएअनुसार शुक्रबार राति १२ बजेर १८ मिनेट जाँदा उनको निधन भएको हो।
श्वासप्रश्वास र निमोनियाको समस्या भएका कारण उनी असोज ३ गते अस्पताल भर्ना भएका थिए। परीक्षणपछि उनलाई कोरोना संक्रमण भएको शुक्रबार मात्रै पुष्टि भएको थियो। उनको सघन उपचार कक्ष ९आईसीयू०मा उपचार भइरहेको थियो। योसहित चितवनमा कोरोना संक्रमित ३६ जनाको निधन भएको छ। तीमध्ये १८ जना चितवनका हुन्। अरु उपचारका लागि भरतपुर आएका चितवन बारिहका व्यक्तिहरु हुन्।
Facebook Comments


























