काठमाडौं, असोज ९ । पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८२३ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्। हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ४५५ निको भएका छन्। योसँगै ५१ हजार ८६६ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२।७ प्रतिशत हो।
Facebook Comments


























