काठमाडौं, असोज ८ । पछिल्ला समय दराजको सहयात्री कार्यक्रमअन्तर्गत दुईहजार एकसयभन्दा बढी एसएमईले व्यवसाय सन्चालन गरेका छन्। साना र मध्यम आकारमा उद्यमहरुलाई एसइमई समर्थन गर्न शुरु गरिएके दराजको सहयात्री कार्यक्रममा सहभागी हुन आठ हजारभन्दा बढी एसएमईहरुले दर्ता गरेका थिए। हाल दुईहजार एकसयभन्दा बढीले व्यवसाय सञ्चालन गरे पनि अझ थप केही सञ्चालनके प्रकृयामा रहेका छन्।
कार्यक्रम अन्तर्गत, दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेतालाई देशभरका ७ लाखभन्दा बढी ग्राहकसम्म निशुल्क पहुँच प्रदान गरेके दराजका नेपाल प्रबन्ध निर्देशक लिनो अलरिंगले दाबी गरे। लगभग ५५ लाख रुपैयाँको आर्थिक सहायता प्रदान गरेको उनले बताए। यसबाहेक, दराजले एसएमईहरुलाई निःशुल्क व्यवसाय परामर्श, र दराज युनिभर्सिटिमार्फत इकमर्स शिक्षा र प्रशिक्षणसमेत प्रदान गरेको थियो।
Facebook Comments


























