काठमाडौं, असोज ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल जारी छ। दुई शीर्ष नेताबीच बिहान साढे ११ बजेदेखि छलफल भइरहेको हो। मन्त्रीमण्डल पुनर्गठन र बाँकी रहेको एकताको टुंगे लगाउने बिषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
Facebook Comments


























