काठमाडौं, असोज ८ । सुनचाँदीको भाउ आज पनि घटेको छ। आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो पनि सुनको भाउ तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो। केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए। यस्तै चाँदी आज तोलामा ७० रुपैयाँ घटेको छ। चाँदी आज तोलाको एक हजार एक सय २० रुपैयाँमा झरेको छ।
Facebook Comments


























