मुम्बई, असोज ७ । कलाकार एवं मोडल पुनम पाण्डेले आफ्नै पतिमाथि कुटपिट तथा धम्की दिएको आरोप लगाएकी छन्। पुनमले भर्खरै आफ्ना प्रेमी सैम बाम्बेसँग विहे गरेकी थिइन्। विहेको केही दिनमै पुनमले पतिमाथि कुटपिटको आरोप लगाएकी हुन्। पुनमको उजुरीपछि सैमलाई गोवा पुलिसले गिरफ्तार गरेको छ। यो घटना सोमवार रातिको हो।
दक्षिण गोवाको एक गाउँमा पुनमले एक फिल्मको शूटिंग गरेको दिन यो घटना भएको बताइएको छ। कानाकोना पुलिस थानाका इन्स्पेक्टर तुकाराम चव्हाणका अनुसार पुनमको उजुरीमा सोमवार रात उनका पतिले यौन दुर्व्यवहार गरेको र कुटपिट गरेको तथा धम्की पनि दिएको उल्लेख छ।
१३ दिनअघि १० सेप्टेम्बरमा पुनम र सैमले सामाजिक सञ्जालमा विवाह गरेको घोषणा गरेका थिए। मुम्बई एयरपोर्टमा सँगै देखिएका पनि थिए। दुबै हनिमुन मनाउनका लागि गोवा गएका थिए।
इंस्टाग्राममा सक्रिय पुनमले पछिल्लो समय आफ्ना पतिसँग अन्तरंग तस्विर तथा भिडियोहरु शेयर गर्दै आएकी थिइन्। पुनमको उजुरीपछि अब वैवाहिक जीवनमा कस्तो असर पर्छ त्यो हेर्न बाँकी नै छ। एजेन्सी


























