असोज ५ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोगनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। सिटीले सोमबार मिडफिल्डर गुन्डोगनलाई कोरोना देखिएको जनाएको छ। कोरोना देखिएपछि जर्मन मिडफिल्डर १० दिनको सेल्फ आईसोलेसनमा रहेको सिटीले जनाएको छ।
यस अघि सिटीका रियाद महरेजलाई कोरोना देखिएको थियो। सिटीले प्रिमियर लिगमा सोमबार उल्भ्ससँग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ। गुन्डोगनले सिजनको पहिलो खेल समेत गुमाउने भएका छन्। एजेन्सी
Facebook Comments


























