काठमाडौं, असोज ४ । पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४७ हजार २३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७२ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
नेपालमा पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।
Facebook Comments


























