काठमाडौं, असोज ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ। तीन अध्यक्षहरूको हिजो बसेको बैठकले आजका लागि बैठक तय गरेको हो। पटक-पटक विभाजन भएर फेरि एक भएको राप्रपामा चुनाव चिह्न के राख्ने भन्ने विषयमा मतान्तर रहँदै आएको छ।
अध्यक्ष कमल थापाका अनुसार राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने समझदारी अनुसार अघि बढ्ने तीनबीच सहमति बनेको छ।
Facebook Comments


























