काठमाडौं, असोज ४ । मनसुनको न्यून चापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली भएको छ। आज दिउँसो मुलुकभर आंशिक बदली भई देशभर हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले सोमबार मंगलबार भने मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
Facebook Comments


























