असोज २ । इटालियन क्लब रोमाले डिफेन्डर मार्श कुम्बुलालाई अनुबन्धित गरेको छ। सिरी ए क्लब रोमाले हेलास भेरोनाबाट मार्शलाई लोनमा अनुबन्ध गरेको हो। २० वर्षीय डिफेन्डर दुई सिजनको लागि लोनमा रोमा आएका हुन्।
अल्बानियाका डिफेन्डरले २०१८ मा भेरोनाको सिनियर टिममा डेब्यु गरेका थिए। भेरोनाको एकेडेमीबाट हुर्किएका उनले २५ सिरी ए खेल खेलेका छन्। उनले अल्बानियाको सिनियर टिममा गत वर्ष डेब्यु गरेका थिए। त्यसैले उनले यू-१७,१९ र यू-२१ को टिमबाट समेत खेलिसकेका छन्। एजेन्सी
Facebook Comments


























