काठमाडौं, असोज २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशमान सिंहलाई आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन्। आज शुक्रबार २३ औँ स्मृति दिवसमा सिंहलाई सम्झँदै देउवाले सिंहकै प्रेरणाले नै आफू राजनीतिमा लागेका बताएका हुन्।
देउवाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आज मेरो आदरणीय नेता गणेशमान सिंहको २३ औं स्मृति दिवश। उहाँ नेपाली राजनीतिको शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता तथा मेरो राजनीतिक अभिभावक हुनुहुन्थ्यो। उहाँकै प्रेरणा र मार्गदर्शनले म सानो उमेरमै राजनीतिमा होमिएको हुँ।’ देउवाले सिंहलाई आफ्नो अभिभावक पनि भनेका छन्। ‘मेरो अभिभावक गणेशमान सहिप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु। तपाईको विचार र मार्गदर्शन अजनवि छ’ देउवाले भनेका छन्।
Facebook Comments


























