चितवन, असोज २ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सर्लाहीको हरिपुर गाउँपालिका बस्ने ५५ वर्षीय पुरुषको आज विहान १० बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। भदौ १८ गते कोरेना संक्रमणसहित खोकी र श्वासप्रश्वासनमा समस्या भई अस्पताल भर्ना भएका पुरुष केही समयदेखि मिर्गौलाको डायलासिस गराउँदै आएका थिए। स्वास्थ्य जटिल बन्दै गएपछि भदौ २३ गतेदेखि आइसियुमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा उनको मिर्गौलाको डायलासिस पनि गरिएको अस्पतालले जनाएको छ।
Facebook Comments


























