असोज २ । इटालियन क्लब एसी मिलानले युरोपा लिगको दोस्रो चरणको छनोटमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा मिलानले आयरल्याण्डको सामरक रोभर्सलाई २-० गोल अन्तरले हराएको हो। डब्लिनमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र हकान कलहानोग्लुले एक एक गोल गरे।
मिलानले खेलको २३ औं मिनेटमा इब्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो। त्यसपछि खेलको ६७ औं मिनेटमा कलहानोग्लुले गोल गर्दै मिलानलाई २-० को जित दिलाए। यस्तै इंग्लिस क्लब टोटेनहमले लोकोमोटिभ प्लोभडिभलाई २-१ ले पराजित गरेको छ।
टोटेनहमको जितमा ह्यारी केन र टान्गी एनडोम्बेलेले एक एक गोल गरे। ९ खेलाडीमा समेटिएको लोकोमोटिभका जिओर्जी मिन्चेभले एक गोल फर्काए। एजेन्सी
Facebook Comments


























