काठमाडौं, असोज १ । राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका नेकपा उपाध्यक्ष वामदेव गौतमको सपथ अपरान्ह चार बजे हुने भएको छ। गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले सपथ खुवाउने भएका हुन्। सपथ सिंहदरबारस्थित कृषि समितिको हलमा हुने भएको छ। सुरूमा दिगो विकास समितिको हलमा हुने भनिए पनि पछि कृषि समितिको हलमा हुने भएको हो।
गत सोमबारको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभामा रिक्त एक सदस्यमा गौतमको नाम सिफारिस गरेको थियो।
Facebook Comments


























