काठमाडौं, भदौ ३१ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेकपा सचिवालयको बैठक पहिलोपटक कोटेश्वर पेरिसडाँडामा बस्ने भएको छ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भएको भेटपछि शुक्रवारका लागि सचिवालय बैठक राख्ने सहमति भएको नेकपा स्रोतले बतायो।
दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार झण्डै २ घण्टा छलफल भएको थियो।
स्थायी कमिटी बैठकले गरेका निर्णयको समीक्षा, मन्त्रिमण्डल हेरफेर र पार्टीको महाधिवेशन तयारीबारे छलफल हुन लागेको स्रोतले बतायो।
लामो गतिरोध अन्त्य गर्दै गत भदौ २६ गते स्थायी कमिटी बैठक सम्पन्न भएको थियो। त्यसयता सचिवालय बैठक बसेको छैन।
Facebook Comments


























