रुपन्देही, भदौ ३१ । बुटवल उपमहानरगपालिका ५, नेपालगन्ज रोडस्थित ग्रान्डी होटेल अगाडिको बाटोबाट एकथान दुर्लभ वन्यजन्तु जिउँदो सालकसहित पाँचजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सिरहा, सिरहा नगरपालिका ७ बस्ने ३६ वर्षीय मनोजकुमार कर्ण, सिन्धुली तीनपाटन गाउँपालिका ३ बस्ने ३२ वर्षीय लोकबहादुर तामाङ, सोही ठाउँ बस्ने ६० वर्षीय लालबहादुर तामाङ, सर्लाही हरिओम गाउँपालिका १० बस्न ६६ वर्षीय सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका १ बस्ने ३५ वर्षीया नेत्रमाया राना छन्।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा सालकसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
Facebook Comments


























