काठमाडौं, भदौ ३० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेता डा.प्रकाशचन्द्र लोहनीले पार्टी एकताबारे भ्रम सिर्जना गर्न प्रयास गरेको आरोप लगाएका छन्।
लोहनीले एक टेलिभिजन अन्तर्वार्ताको माध्यमबाट पार्टी एकताबारे एकपक्षीय रुपमा भ्रम सिर्जना गर्ने प्रयास गरेको उनको आरोप छ। थापाले ट्वीटरमा लेखेका छन्, ‘त्यो पार्टी एकताको भावनाविपरीत छ, एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ।’
Facebook Comments


























