भदौ ३० । मूल्य बृद्धि रोक्न भन्दै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ।
कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा प्रतिबन्ध लगाइएको बीबीसी हिन्दीले जनाएको छ।
आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ।
हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ।
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न सक्ने आकलन सुरू भएका छन्। एजेन्सी
Facebook Comments


























