भदौ ३० । भारतीय टेलिभिजनको चर्चित रीयालीटी शो बिग बोस सीजन १४ को प्रिमियर अक्टूबरमा हुनेवाला छ। यस शोमा भाग लिन ठूला ठूला सेलिब्रेटीसमेत प्रतिस्पर्धी बन्ने चाहाना राख्दछन्।
यसैबीच बिगबोसको आउँदो सिजन १४ का निम्ति कैयौं सेलिब्रेटीको नाम सामुन्ने आइसकेको छ। शोका निम्ती यसका निर्माण पक्षले अभिनेता आमीर अलीलाई शोमा भाग लिन प्रस्ताव गरेका थिए। तर उनले उक्त प्रस्ताव अस्विकार गरेका छन्।
भारतीय समाचार अनुसार आमीर अलीलाई शोको प्रतिस्पर्धी बन्नका निम्ति निर्माताले निकै ठुलो रकम अफर गरेका थिए। तर आमिरले शोको हिस्सा बन्न अस्विकार गरे।
उनलाई बिगबोसमा भाग लिन पहिलो पटक प्रस्ताव गरिएको होइन। तर ब्यक्तिगत जीवनका चर्चाका कारण उनले शोमा भाग लिएनन्। एजेन्सी
Facebook Comments


























