काठमाडौं, भदौ २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
उर्जा क्षेत्रमा कुलमानले दिएको योगदान नेपाली जनताले कहिल्र्य बिर्सने नक्सने बताउँदै उनले प्राधिकरणलाई अझै केहि वर्ष कुलमानको आवश्यकता रहेको बताए।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिश्वस्त छु।’
घिसिङको चा रवर्षे कार्यकाल आइतबारदेखि सकिएसँगै सरकारले गर्ने आगामी नियुक्ति चर्चाको विषय बनेको छ। आज (सोमबार) मन्त्रिपरिषद्को बैठकले नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने चर्चा चले पनि अहिलेसम्म कसैको टुंगो छैन।


























