भदौ २९ । टिकटकले माइक्रोसफ्टले गरेको अमेरिकी सेवा खरिदको प्रस्ताव अस्वीकार गरेको छ। माइक्रोसफ्टले लोकप्रिय भिडियो शेयरिङ्ग एप खरिदको लागि गरेको प्रस्ताव चिनियाँ कम्पनीले अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई आफ्नो अमेरिकाको सेवा अमेरिकी कम्पनीलाई नै बिक्री गर्न दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । यस्तो अवस्थामा माइक्रोसफ्टले आफ्नो प्रस्ताव अस्वीकृत भएको बताएको हो।
ट्रम्पको प्रशासनले टिकटक तथा अन्य चिनियाँ एपमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको बताउँदै आएको छ। ट्रम्पले टिकटकले आफ्नो अमेरिकाको व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री नगरेको अवस्थामा मंगलबारदेखि प्रतिबन्ध लाग्ने बताइसकेका छन्। यस्तोमा दुई अमेरिकी कम्पनीहरु माइक्रोसफ्ट र ओरेकलले टिकटक खरिदमा चासो देखाएका थिए।
वाल स्ट्रिट जर्नल र रोयटर्सले उल्लेख गरेअनुसार आरेकल टिकटकले खरिद गर्ने भएको छ। यसअघि ओरेकल गम्भीररुपमा टिकटकको अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डको व्यवसाय खरिद गर्ने दिशामा अघि बढिरहेको समाचार सार्वजनिक भएको थियो।
यद्यपि माइक्रोसफ्टको प्रस्ताव अस्वीकार भएको तथा ओरेकललाई आफ्नो व्यवसाय बिक्री गर्ने विषयमा सम्झौता भएनभएको विषयमा टिकटकले कुनै प्रतिक्रिया दिएको छैन। बीबीसी


























