काठमाडौं, भदौ २६ । तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर सामान्यदेखि पुर्ण बदली भई केहि स्थानहरुमा मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षा भइरहेको छ।
महाशाखाकाअनुसार मनसुनको न्युन चापीय रेखा औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ, पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अवस्थित छ।
शुक्रबार दिउँसो देशभर सामान्यतया देखि पुर्ण बदली रहि केहीस्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।
शनिबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


























