काठमाडौं, भदौ २५ । सरकारले असोज १५ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असोज १५ देखि आन्तरिक उडान खुला गर्ने प्रस्ताव सिसिएमसीमा पठाएको जानकारी दिएका हुन्।
बिहीबार आर्थिक पत्रकार समाज नेपाल (सेजन) ले गरेको कार्यक्रममा मन्त्री भट्टराईले असोज १५ गतेदेखि आन्तरिक उडान शुरु हुन सक्ने जानकारी दिएका हुन्।
‘आन्तरिक उडान शुरु गर्न सिसिएमसीमा प्रस्ताव पठाइएको छ,’ मन्त्री भट्टराईले भने, ‘आज हामीले १ असोजबाट आन्तरिक उडान खुलाउने प्रस्ताव गरेका छौं। सम्भवतः १ असोजमा भएन भने १५ असोजबाट खुल्छ।’
चैत ११ मा लकडाउन घोषणाहुनुभन्दा केही समयअघि बन्द गरिएको आन्तरिक उडान अझसम्म पनि सुरु हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान भने भदौ १६ देखि संचालनमा आइसकेका छन्।
Facebook Comments


























