भदौ २५ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को उपाधिका लागि आज राति ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्स भिड्दै छन्। ब्रायन लारा एकेडेमीमा हुने फाइनल खेल राति पौने ८ बजे सुरु हुनेछ।
ट्रिनबागोले सेमिफाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै उपाधिनजिक पुगेको हो। सेन्ट लुसिया जुक्सले भने गुयाना अमेजन वारियर्सविरुद्ध १० विकेटको जित निकाल्दै ट्रिनबागोसँगको भेट पक्का गरेको हो।
जारी संस्करण अपराजित रहेको ट्रिनबागो सोही लयलाई निरन्तरता दिँदै उपाधि जित्न चाहान्छ। सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा गरेको प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ।
ट्रिनबागोले तीन संस्करण सीपीएलको उपाधि उचालेको छ भने लुसिया पहिलोपटक च्याम्पियन बन्ने दाउमा छ। एजेन्सी
Facebook Comments


























