भदौ २५ । सेरेना यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन्।
क्वार्टरफाइनलको खेलमा बुग्लेरियन खेलाडी स्वेताना पिरोनकोवालाई ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै सेरेना अन्तिम ४ मा प्रवेश गरेकी हुन्।
जितसंगै सेरेनाले कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधि जित्ने सम्भावनालाई जिवितै राखेकी छिन्।
अमेरिकाकी ६ पटककी च्याम्पियन ३८ बर्षिया सेरेनाले खेलको सुरुवातमा संघर्ष झेल्नु परेको थियो।
भेट्रान खेलाडी सेरेनाले फाइनल प्रवेशका लागि पूर्व विश्व नम्बर १ भिक्टोरिया अजारेन्का वा बेल्जियमकी १६ औं वरियताकी एलिस मेर्टेसबीचको विजेतासंग खेल्नेछिन्।
सेरेनाले पछिल्ला ३ बर्षमा पाँचौ ग्रान्डस्लामको फाइनलमा पुग्न फेरी एक सुस्त सुरुवात गर्न नसकिने बताएकी छिन्।
सेरेनाले पछिल्लो पटक २०१४ मा यूएस ओपन टेनिसको उपाधि जितेकी थिईन्।
‘म बिहिबार फेरी खेल्नेछु। मलाई लगातार खेल्ने बानी छ। मलाई यो पत्ता लगाउन आवश्यक छ, थोरै छिटो कसरी सुरुवात गर्न सकिन्छ।’ सेरेनाले भनिन्।
‘म भिडेको छु। मैले कहिल्यै हार मानेकी छैन। तिमीलाई अघि बढिरहन आवश्यक छ।’ उनले भनिन्। एजेन्सी


























