तनहुँ, भदाै २४ । देवघाट गाउँपालिका वडा नम्बर २ नरममा जीप पल्टिँदा दुईजना गम्भीर घाइते भएका छन्। दमौलीबाट कुखुरा बोकेर आएको ना५च १४९ नम्बरको जीप नरम गाउँको कच्ची सडकबाट करिब दुईसय फिट तल खस्दा चालक राजु कुमाल र सहचालक अमित कुमाल गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएकाे छ। दिउँसाे किरब २ बजेकाे समयमा उक्त दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज एवम् सहायक प्रहरी निरीक्षक उज्वलराज चिलुवालले जानकारी दिए।
वर्षा नसकिएकाे हुँदा कच्ची र बढी खाल्डाखुल्डी भएकाे बाटाेका कारण चिप्लिएर जीप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ। स्थानीयवासी र छिपछिपे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीको सहायतामा घाइतेकाे उद्धार गरी छिपछिपे स्वास्थ्य चौकीमा उपचार गराइरहेकाे छिपछिपे स्वास्थ्य चौकीका इन्चार्ज बालकृष्ण पराजुलीले जानकारी दिए।


























