आशिक रानामगर ,
तनहुँ, भदाै २४ । तनहुँको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको सरुवा भएको छ। सुवेदीको तनहुँकै घिरिङ गाउँपालिकामा सरुवा भएको हो। लामो समयदेखि देवघाटमा कार्यरत सुवेदीलाई बुधबार गाउँपालिकाले बिदाइ गरेको छ। बिदाइ गर्ने क्रममा बिदाइका क्रममा देवघाट ५ का वडाध्यक्ष यालबहादुर गुरुङ रोइदिएपछि कार्यक्रमस्थल नै स्तब्ध बनेको थियो। गाउँपालिकाले मिलनसार र इमान्दारी कर्मचारी पाएकाे भन्दै वडाअध्यक्ष गुरुङले सुवेदीलाई सधै सम्झिरहने बताए।
बिदाइ हुँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने स्थानीय तथा सबै जनप्रतिनिधिकाे सहयाेगकै कारण आफ्नो कार्यकालमा उल्लेखनीय र प्रशंसनीय काम गर्न सफल भएकाे बताए। सरकारी सेवाका क्रममा जुनसुकै ठाउँमा पुगे पनि देवघाटलाई नबिर्सने प्रतिवद्धता जनाए। सुवेदीकाे सरुवा भएपछि गाउँपालिकामा नरहरि सापकोटा आउने भएका छन्। सापकोटा तनहुँकै बन्दिपुर गाउँपालिकाबाट सरुवा भई देवघाट गाउँपालिका आउन लागेका हुन्।


























