काठमाडौं, भदौ २४ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रूपैयाँ तोकिएको छ। मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको हो।
मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार र सोमबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमै कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। मंगलबार प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १३ सय १५ रूपैयाँ कायम भएको छ।
सोमबार प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको थियो।
Facebook Comments


























