मुम्बई, भदौ २४ । शिवसेना नेताले दिएको धम्कीका बावजूद बलिउड कलाकार कंगना रनावत वाई प्लस सुरक्षामा आज मुम्बई फर्किँदै छिन्।
यता बीएमसी (बृहन्मुम्बई महानगरपालिका) ले कंगना रनावतको अफिस तोडफोड गरेको छ। बीएमसीको एक टीमले कंगनाको घरमा बुलडोजर चलाएको छ।
कंगनाको मुम्बईस्थित घरमा भने प्रहरीले सुरक्षा दिइरहेको छ। त्यहाँ बम निरोधक दस्ता पनि पठाइएको छ।
कंगनाको घरमा सीआरपीएफको एक टीम पनि सुरक्षाका लागि पुगेको छ।
बीएमसीले कंगनाको अफिसको ग्राउण्ड फ्लोरको शौचालय अवैध तरिकाले बनाएको दाबी गरेको छ। महानगरका अनुसार कंगनाले अवैध तरिकाले किचन निर्माण गरेको पनि दाबी गरेको छ।
यसका अलावा कंगनाको अफिसको पेटी, क्याबिन, पूजाघर सहित अन्य कैयन् संरचना पनि गैरकानूनी रुपमा बनाइएको भन्दै डोजर चलाइएको हो।
कंगनाले यसलाई भने प्रजातन्त्रको मृत्यु भएको बताएकी छिन्। उनले महानगरको यो कदमको विरोध गरेकी छिन्। एजेन्सी


























