भदौ २४ । जापानी खेलाडी नाओमी ओसाका यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन्।
न्युयोर्कमा बुधबार अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई पराजित गर्दै ओसाकाले अन्तिम चारको यात्रा तय गरेकी हुन्।
चौथो वरीयताकी ओसाकाले रोजर्सलाई ६-३ र ६-२ को सेटमा पराजित गरिन्।
अब २२ वर्षीय ओसाकाले सेमिफाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग खेल्ने छिन्।
ब्राडी युलियालाई ६-३ र ६-३ ले हराएर पहिलोपटक ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा पुगेकी हुन्।
पुरुषतर्फ जर्मनीको पाँचौं वरीयताका एलेक्डेन्जर जेभेरेभले सेमिफाइनलमा स्थान बनाएका छन्।
जेभेरेभले क्रोएसियाका बोर्ना कोरिचलाई १-६,७-६ (७/५), ७-६ (७/१), ६-३ को सेटमा पराजित गरे।
अब जेभेरेभले फाइनल प्रवेशका लागि स्पेनका पाब्लो कारेनो बुस्टासँग खेल्ने छन्।
Facebook Comments


























