विराटनगर, भदौ २२ । विराटनगरमा एक कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ।
विराटनगरस्थित कोभिड १९ अस्पतालमा शनिबार भर्ना गरिएका ७६ वर्षीय वृद्धको सोमबार बिहान ३स्३० बजे मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा। दीपक सिग्देलले बताए।
उच्चरक्तचापका बिरामी समेत रहेका विराटनगर १० का उनि संक्रमित भएपछि दस दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए।
शनिबार सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो।
Facebook Comments

























