काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचारको खण्डन गरेका छन्।
बिपी कोइराला लोकतन्त्र संवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा.कोइरालाले आफू एक महीनादेखि घरबाहिर ननिस्केको भन्दै त्यस्ता तथ्यहीन समाचारको भ्रममा नपर्न आग्रह गरे। कार्यक्रममा उनले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनीभूत छलफल हुनुपर्नेमा जोड दिए।
कोइरालाले कोरोना महामारीका कारण केही महीना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नको विकल्प नभएको बताएका छन्। रासस
Facebook Comments


























