भदौ १८ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बिहिबार) आठौं खेल खेल्दैछ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले आठौं खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ। जमैका र प्याट्रियट्सबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
ब्रायन लारा स्टेडियममा प्याट्रियट्सविरुद्ध मैदान उत्रदा जमैका चौंथो जितको खोजीमा हुनेछ। प्याट्रियट्स भने दोस्रो जितको खोजीमा रहेको छ।
यस अघिको भेटमा जमैकाले प्याट्रियट्सलाई ३७ रनले पराजित हराएको थियो। जमैका त्यो जितलाई कायम राख्न चाहन्छ। प्याट्रियट्स भने हारको बदला लिने योजनामा हुनेछ।
जमैका ७ खेलमा ६ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ। प्याट्रियट्स ८ खेलमा १ अंकका साथ तालिकाको पुछारमा छ।
सन्दीप प्याट्रियट्सविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ।
सन्दीपले यस सिजन निकै उत्कृष्ट बलिङ गर्दै आएका छन्। सन्दीप ७ खेलमा १० विकेट लिन सफल भईसकेका छन्।
सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको पाचौं स्थानमा छन्। यस्तै उनी आफ्नो टिमको सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन्। एजेन्सी


























