भदौ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको पुष्टि भएको छ।
मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग गर्न आग्रह गर्दै लगातार ट्वीट भएका थिए।
मोदीको ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको ट्वीटरले आइतबार नै पुष्टि गरेको रोयटर्सले जनाएको छ।
मोदीको एकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको ट्वीटरकी प्रवक्ताले बताएकी छन्।
प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ।
यसअघि जुलाईमा अमेरिकाका प्रतिष्ठित व्यक्तिहरूको ट्वीटर एकाउन्ट ह्याक भएको थियो । राष्ट्रपति उम्मेदवार जो बाइडेन, पूर्वराष्ट्रपति बाराक ओबामा तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो। एजेन्सी


























