भदौ १८ । भारतले थप एक सय १८ एप्सलाई प्रतिबन्ध लगाएको छ।
प्रतिबन्धित एप्सहरूको सूचीमा सर्वाधिक रूचाइएको मध्येमा पर्ने पब्जीसमेत छ।
चीनमा विकसित पब्जीसहित ११८ मोबाइल एप्सले भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्धका गतिविधि गरेको त्यहाँको इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलयले जनाएको छ।
मन्त्रालयका अनुसार भारत सरकारलाई यी एप्सका बारेमा विभिन्न गुनासा आइरहेका र एप्सबाट प्रयोगकर्ताका डाटा अनाधिकृत रुपमा चोरी गरेर भारतबाहिर रहेका सर्भरमा पठाइरहेकाले प्रतिबन्ध लगाइएको हो।
सीमा क्षेत्र लद्दाखमा चीनसँग तनाव सिर्जना भएलगत्तै भारतले चीनमा बनेका मोबाइल एप्सहरुमा प्रतिबन्ध लगाएको हो।
यसअघि भारतले जुन महिनामा पनि टिकटकसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएको थियो। एजेन्सी
Facebook Comments


























